
काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बन्न लागेको कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउने निर्णय गरेको छ ।
मन्त्रीहरुको नामका बारेमा छलफल गर्न मंगलबार बिहान बसेको पार्टी स्थायी कमिटीको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘आजै माओवादी सरकारमा सहभागी हुन्छ, तर कसको नेतृत्वमा को–को मन्त्री पठाउने भन्ने विषयमा शेरबहादुर देउवासँग पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेपछि मात्रै टुंगो लाग्छ,’ प्रवक्ता श्रेष्ठले भने ।
शेरबहादुर देउवासँगको भेटपछि माओवादीको स्थायी कमिटी पुनः बस्ने बताइएको छ ।
यद्यपि, जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा सरकारमा सहभागी हुने बारे करिब–करिब टुंगो लागिसकेको स्रोतको दाबी छ ।















प्रतिक्रिया