७ कार्तिक २०८३, शनिबार

देशवासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

ओलीले आज दिउँसो २ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएपछि ओलीले आज बालुवाटार छोड्दैछन् ।

त्यसअघि देशवासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यसैबीच ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक पनि आजै दिउँसो १ बजे बालुवाटारमा बोलाएका छन् ।