काठमाडौं, २९ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
बैठक बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू सहभागी हुने बताइएको छ ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ । नेपाल पक्ष अनुपस्थित रहेपछि सोमबार साँझ बसेको बैठकलाई औपचारिकता प्रदान गरिएको थिएन ।
सोमबारको बैठकमा नेपाल पक्षका नेता भीम रावलमात्र सहभागी भएका थिए ।















प्रतिक्रिया