४ मंसिर २०८३, शुक्रबार

ऋषिङमा पुरिएर एकजना वेपत्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

दमौली, २४ असार । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर १ जना बेपत्ता भएका छन् ।

ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा परी बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बिहीबार बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो । सडकबाट पहिरो खसेको उनले बताए ।

बन्दीपुर गाउँपालिकामा बाढीले ६ घर बगाएको छ । बन्दीपुर–२ खहरेको खहरे खोलामा आएको बाढीले घर बगाएको गाउँपालिका अध्यक्ष पूर्णसिहं थापाले बताए । मानविय क्षति भने भएको छैन् ।

अघिल्लो हप्ताको बाढीले बन्दीपुरका २ घर बगाएको थियो । घरवार बिहीन हिन भएकालाई गाउँपालिकाले खाद्यन्न, लत्ताकपडा र त्रिपाल उपलब्ध गराईसकेको छ ।

पहिरोले गाउँपालिकाको मुख्य सडक डुम्रे–बन्दीपुर सडक पनि अबरुद्ध भएको अध्यक्ष थापाले बताए ।