तनहुँ, २३ असार । वर्षातका कारण तनहुँ जिल्लाको व्यास नगरपालिकामा ५५ वटा घरमा क्षति पुगेको छ ।
बाढीपहिरोले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो । वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्ग अन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् ।











प्रतिक्रिया