९ कार्तिक २०८३, सोमबार

ओली र रावलबीच गोप्य वार्ता, एमालेभित्र हलचल

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । एमालेका असन्तुष्ट समूहका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सुटुक्क भेटेका छन् ।

ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा नेता रावलले आइबार राति भेट गरेको स्रोतले जनाएको छ । भेटमा के कुरा भएको थियो भन्नेबारे केही जानकारी दिइएको छैन ।

नेता रावल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् । नेपाल समूहले पार्टीभित्र बबण्डर मच्चाएको ओली समूहको आरोप छ ।

ओली समूहले नेपाल समूहलाई सोमबार ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ । अल्टिमेटम सकिन केही घण्टा बाँकी रहेका बेला रावलले ओलीलाई भेटेका छन् ।