
काठमाडौँ, २० असार । बैतडीको सिगास गाउँपालिका–३ लगनस्थित सडकमा से. १ ज ७३९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सिगाँस गाउँपालिका–३ बस्ने ४५ वर्षीय मान सिँह साउद र सोही ठाउँ बस्ने ६४ वर्षीय राम सिँह धामी र सोही ठाउँ बस्ने ४५ वर्षीय जय सिंह धामी रहेका छन् ।
उनीहरुमध्ये मान सिँह र राम सिँहको घटनास्थलमै र जय सिँहको उद्धारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ११ जना घाइते भएकोमा गम्भीर अवस्थामा रहेका ५ जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ भने अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । फरार जीप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका–१७ दमौलियास्थित सडकमा से.६ प ४०८९ नम्बरको मोटरसाइकलले से.२ त ३७८९ नम्बरको ट्याक्टरलाई आइतबार बिहान ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय रुपलाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरीयामा उचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रिणमा लिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।












प्रतिक्रिया