१६ कार्तिक २०८३, सोमबार

थप १ हजार ६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ८७६ र एन्टिजेन विधिबाट ३ हजार २५६ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ६०३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ५८० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेको छ ।

२४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २३५सय जना पुगेको मन्त्रालयले जनाएको छ ।