१६ कार्तिक २०८३, सोमबार

नेता नेपालले किन मानेनन् ओलीसँग भेट्न ?

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन् ।

नेता नेपालले ओलीसँग भेट्न अस्वीकार गरेका उपमहासचिव विष्णु पौडेलले बताए ।

पौडेलले आइतबार विहान नेपालसँग भेटेर अध्यक्ष ओलीसँग भेटेर समस्या समाधानका लागि छलफल गर्न आग्रह गरेको बताएका छन् । तर नेपालले कुनै चासो नदेखाएको पौडेलले बताए ।

आफूहरुले नेपाल र ओलीबीच भेटघाट भएर समस्या समाधान होस् भन्ने चाहेको पौडेलले बताए ।

उनले भने, ‘माधव कमरेड कहाँ गएका थियौँ म, सुवासजी र शंकर जी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भन्यौं । हाम्रा बीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन्, तपाईहरु एक आपसमा बस्नुहोस् भन्यौं । उहाँले खासगरीकन प्रधानमन्त्रीसंग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुची राख्नुभएन । ठिकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौँ ।’

नेपालले किन ओलीसँग भेट्न नचाहेको भन्नेमा विभिन्न अनुमानहरु गर्न थालिएको छ ।