काठमाडौं, २० असार । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीनिकट नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेर सहमतिको प्रयास गरेका छन् ।
ओलीनिकट नेताहरू आइतबार बिहान नेता नेपालको निवास कोटेश्वर पुगेर छलफल गरेका हुन् । नेपाल समूहलाई दिएको अल्टिमेटम सोमबार ५ बजे सक्किदै छ । समय सकिने क्रममा रहेका बेला ओली समूहले नेपाल समूहलाई फकाउने प्रयास गरेको छ ।
ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल कोटेश्वर गएका छन् । नेपाल समूहका नेता घनश्याम भुसाल पनि उक्त छलफलमा सहभागी थिए ।
भेटका क्रममा ओली समूहका नेताहरूले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर छलफल गर्न सुझाव दिएका छन् ।
शनिबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला आउन्जेल ती हस्ताक्षर फिर्ता नलिनेहरू एमाले हुन नसक्ने बताएका थिए । नेपाल पक्षले भने ती हस्ताक्षर फिर्ता नलिने बताइसकेको छ ।















प्रतिक्रिया