४ मंसिर २०८३, शुक्रबार

बेलबारीमा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० असार । मोरङ जिल्लामा ४८ वर्षीया सीता घिमिरेको हत्या गरेको अभियोगमा श्रीमान अम्बिका घिमिरे पक्राउ परेका छन् ।

बेलबारी नगरपालिका–७ असार १९ गते बिहानको करीव ५ बजे घिमिरेको हत्या भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा घिमिरेको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

‘मृतक सुतेको सिरानी तथा ब्ल्याङकेटमा रगत लागेको, घोप्टो अवस्थामा रहेको लाश सरसर्ती हेर्दा देब्रे कन्चटमा भुत्ते चिजबस्तुले पटक–पटक प्रहार गरी टाउको फुटेको अवस्था देखिएकोले निजसँगै सुतेका श्रीमान अम्बिका घिमिरे घरवतनबाट भागी फरार रहेको हुँदा निजलाई खोजतलास गरिएको थियो’, विज्ञप्तिमा उल्लख छ ।

घरदेखि २ किलोमिटर दक्षिणमा रहेको खाली ग्वालीमा फेला पारी सोधपुछ गर्दा सीताका पति अम्बिका घिमिरेलाई फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘ग्वालीमा रहेको काठको मुङ्ग्रो ल्याई सोही मुङ्ग्रोले निदाई रहेकी श्रीमतीको बाँया कञ्चटमा चार–पाँच पटक प्रहार गरी कर्तब्य गरी मारी फरार भएको भनी बताएको हुँदा निजलाई पक्राउ गरी वारदातमा प्रयोग भएको काठको मुङ्ग्रो समेत वरामद गरी थप अनुसन्धान भई रहेको छ’, प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।