शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

युरोप जान लागेको डुंगा डुब्यो, ४३ जनाको मृत्यु

दैनिक नेपाल २०७८ असार २० गते ८:२२

लण्डन, २० असार । युरोप जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुबेको छ ।

लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान भनेर हिँडेको डुंगा ट्युनिसियाको सीमानजिक डुबेको हो । इन्जिन बिग्रिएर डुंगा डुब्दा ४३ जनाको मृत्यु भएको छ भने ८४ जनालाई ट्युनिसियाको नौसेनाले उद्धार गरेको छ ।

डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत मुलुकका नागरिकहरू सवार रहेको बताइएको छ । पछिल्लो समयमा इटाली हुँदै युरोप छिर्न खोज्ने आप्रवासी चढेका डुंगा दुर्घटना भएर धेरैले ज्यान गुमाएका छन् ।

मध्यपूर्व र अफ्रिकामा द्वन्द्वग्रस्त र गरिब मुलुकका नागरिकहरू ज्यानको बाजी लगाएर भूमध्यसागरबाट युरोप जान खोज्छन् । पछिल्लो समय यसरी इटाली पुग्नेहरूको संख्या केही घटेको थियो तर सन् २०२१ को सुरूदेखि त्यो संख्या फेरि बढेको छ ।

यो वर्ष अहिलेसम्म १९ हजार ८ सय मानिसहरू इटाली पुगेका छन् गत वर्ष यही समयमा त्यो संख्या ६ हजार ७ सय मात्र थियो ।

प्रतिक्रिया
सम्बन्धित