२ कार्तिक २०८३, सोमबार

उडेको केही बेरमै अमेरिकामा बोइङ कार्गो जेट बिमान दुर्घट्नाग्रस्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । अमेरिकामा दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान दुर्घट्नाग्रस्त भएको छ ।

इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै उक्त जहाज झरेको हो । उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको बीबीसीले जनाएको छ ।

तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रबार बिहानै दुवै पाइलटलाई उद्धार गरेका थिए । एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए ।

यातायात मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्‍याएर सघन उपचार कक्षमा राखिएको जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्रबाहिर निकालिएको बताइएको छ ।