आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

डायनाको ६०औं जन्मदिन, सालिक अनावरण

दैनिक नेपाल २०७८ असार १८ गते १०:३६

लण्डन, १८ असार । बेलायती राजकुमारहरू विलियम र ह्यारी बिहीबार सँगै थिए । पछिल्लो समय उनीहरूको सम्बन्धमा तिक्तता आएको भनिएका बेला यी दाजुभाइ आफ्नी दिवंगत आमाको सालिक अनावरण गर्न मध्य लन्डनको केन्सिंगटन दरबारमा पुगेका थिए ।

उनीहरूकी आमा युवराज्ञी डायनाको सन् १९९७ अगस्ट ३१ मा फ्रान्सको पेरिसमा कार दुर्घटनामा परी निधन भएको थियो। त्यतिबेला विलियम र ह्यारी १५ र १२ वर्षका थिए ।

अहिलेसम्म बाँचिरहेकी भए बिहीबार डायनाको ६० औं जन्मदिन हुने थियो। उनको ६० औं जन्मजयन्तीको अवसर पारेर सालिक अनावरण गरिएको हो।

सालिक अनावरणमा विलियम र ह्यारी खुलेर कुराकानी गरिरहेका थिए।

‘बाँचिरहेकी भए आज आमाको ६० औं जन्मदिन हुन्थ्यो। हामी उनको माया, तागत र उनलाई संसारभरि राम्रोको एउटा शक्ति बनाउने विशेषतालाई सम्झिरहेका छौं,’ राजकुमार दाजुभाइले भनेका छन्,‘हरेक दिन हामीलाई आमा हामीसँगै भइदिएको भए हुन्थ्योजस्तो लाग्छ। हामीलाई आशा छ, यो सालिक उनको जीवन र कामको प्रतीक बनेर सधैँ रहिरहने छ ।’

प्रतिक्रिया
सम्बन्धित