भरतपुर, १८ असार । चितवनमा अविरल वर्षापछि ठाउँठाउँमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक शुक्रबार पनि अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले सडकखण्डको चार किलो र पाँच किलोमा पहिरो जाँदा शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको बताए ।
बिहान सात बजेतिर फेरि मुग्लिनदेखि सात किलो मिटर पर जलबिरेमा पहिरो गएको छ । जलबिरेको पहिरोमा एउटा ट्रकको आधा भागसमेत पुरिएको छ ।
पहिरोले दुईतर्फी नै गाडी रोकिएका छन् । पहिरो पन्छाउने काम सुरु भए पनि गाडी चल्ने बनाउन समय लाग्ने अवस्था रहेको डीएसपी थापाले बताए ।











प्रतिक्रिया