४ मंसिर २०८३, शुक्रबार

बालिका बलात्कार अभियोगमा दुई जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १८असार । बालिका बलात्कार आरोपमा रोल्पाका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रोल्पाको गंगादेव गाउँपालिका–२ का १९ वर्षीय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

तुलसीपुर उपमहानगर–५ बसपार्कस्थित एक होटलमा बालिकालाई प्रलोभनमा पारेर वलीले बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए ।

असार १५ गते राति होटलमा लगेर वलीले ती बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

असार १६ मा वलीलाई पक्राउ गरेर दाङ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

असार १५ गते राति रोल्पाकै गंगादेव २ का २३ वर्षीय देवराज वलीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप छ ।

उनलाई प्रहरीले असार १६ मा पक्राउ गरेको छ । सात दिनको म्याद थप गरेर अनुसन्धान जारी छ ।

उनीहरू दुवै युवकविरूद्ध प्रहरीले जवरजस्ती करणी शीर्षक अन्तर्गत मुद्दा चलाएर अनुसन्धान जारी राखेको जनाएको छ ।