शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

चिनियाँ राष्ट्रपति सी जिनपिङको चेतावनी– चीन कसैको धम्कीले दब्नेवाला छैन

दैनिक नेपाल २०७८ असार १७ गते १३:०७

बेईजिङ, १७ असार । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङले चीन कसैको धम्कीबाट नदब्ने बताएका छन् ।

विदेशी शक्तिले आफ्नो देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको ‘टाउकोमा प्रहार हुने’ चेतावनी समेत उनले दिएका छन् । उनले बिहीवार सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

सम्भवतः अमेरिकालाई लक्षित गर्दै सीले आफू मात्रै असल भनेर अरूलाई दिने ‘उपदेश’लाई नसहने पनि बताएका छन् । हङ्कङमा भइरहेको भनिएका मानवअधिकार उल्लंघन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको बेला राष्ट्रपति सीको यस्तो कडा टिप्पणी आएको हो ।

पछिल्लो दिनहरूमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोना भाइरस महामारीका विषयमा अमेरिका–चीन सम्बन्धमा तिक्तता देखिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित