बन्दिपुर, १७ असार । तनहुँ जिल्लामा पहिरोले सात घर बगाएको छ ।
बन्दिपुर नगरपालिका–३, ४ र ५ मा पहिरोले घरहरू बगाएको हो । तामुङमा दुई घरसँगै एक जना पहिरोमा पुरिएका छन् ।
पहिरोमा बगेका व्यक्तिको अवस्था अज्ञात छ । पाँच जनाको सकुशल उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।
बन्दिपुर–३ मा दुई, वडा नम्बर ५ मा पहिरोसँगै तीन घर बगेका छन् ।











प्रतिक्रिया