
भरतपुर, १७ असार । लगातार वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकमा यातायात आवागमन ठप्प भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार बुधबार राति सवा २ बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा पहिरो खसेको छ ।
पानी निरन्तर परिरहेको र पहिरो झर्ने क्रम नरोकिएका कारण बाटो खुलाउन केही समय लाग्ने प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी सूर्य थापाले बताए ।
डोजर र लोडर पहिरो खसेको ठाउँमा पुगेको र हटाउन थालिसकिएको थापाले बताए ।











प्रतिक्रिया