
काठमाडौँ, १६ असार । संसद विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस जारी छ ।
वुधवार ५५ मिनेट भित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन् ।
सरकारी वकिलहरुको बहसपछि प्रधानमन्त्रीका कानुन ब्यवसायीलाई बहसका लागि ७ घण्टा समय छुट्याइएको छ ।












प्रतिक्रिया