२ कार्तिक २०८३, सोमबार

युरोकपका बाँकी खेल कहिले र कहाँ ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । युरोकप फुटबलको अन्तिम १६ का खेलहरु सकिएका छन् । अब क्वाटरफाइनल खेलहरु शुक्रबारबाट सुरु हुनेछन् । कुन खेल कहाँ र कतिबेला सुरु हुँदैछन् त ?

क्वाटरफाइनल तालिका

१८ असार, शुक्रबार नेपाली समयअनुसार बेलुकी ९ः४५ मा रुसको सेन्ट पिटर्सवर्गमा स्विचरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, मध्यरात १२ः४५ मा इटली र बेल्जियमबीच जर्मनीको म्युनिख शहरमा प्रतिस्पर्धा हुनेछ ।

१९ असार, शनिबार नेपाली समयअनुसार बेलुकी ९ः४५ बजे अजरवैजानको बाकु शहरमा चेक गणतन्त्र र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

मध्यरात १२ः४५ मा इटलीको रोम शहरमा इङल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा को–को भिड्नेछन् ?

२२ असार मंगलबार (नेपाली समयअनुसार मध्यराति १२ः४५ ) मा पहिलो सेमिफाइनल लण्डनको बिम्बली रंगशालामा हुनेछ ।

बेल्जियम र इटलीबीचको खेलको विजेताले यस खेलमा स्विडेन र स्विचरल्यान्ड र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

२३ असार बुधबार, (नेपाली समयअनुसार मध्यराती १२ः४५) मा दोस्रो सेमिफाइनल लण्डनको बिम्बलीमै हुनेछ ।

यस सेमिफाइनलमा चेक गणतन्त्र र डेनमार्कबीचको विजेताले इङल्यान्ड र युक्रेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल कहिले र कहाँ ?

सेमिफाइनलपछि तीन दिन आरामको समय दिइएको छ । २७ असार, आइतबार फाइनल खेल लण्डनको बिम्बलीमै हुनेछ । नेपाली समयअनुसार मध्यराति १२ः४५ मा हुने यस खेलले नै प्रतियोगिताको उपाधि विजेताको टुंगो लगाउनेछ । यो समाचार रातोपाटी डटकमले लेखेको छ ।