८ कार्तिक २०८३, आइतबार

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ ।

जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढि रिफर गर्नेले एक हजार रूपैयाँ प्राप्त गर्न सकिन्छ ।

यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले रू १० हजार प्राप्त गर्न सकिन्छ । यस योजनाको बम्पर उपहारमा तीन जना भन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत रू १ लाख जित्न सकिनेछ ।

अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सकिन्छ ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँजित्न सकिनेछ ।

फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिन्छ ।

फाेनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

फोनपे विश्व विख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।