लगनखेल । ललितपुर जिल्लामा नेपाली कांग्रेसको नेतृत्वका लागि नेताहरूबीच प्रचार प्रसार शुरु भएको छ ।
कांग्रेसको १४औँ महाधिवेशन भदौको १६ देखि १९ गतेसम्म हुने भएपछि ललितपुर कांग्रेसलाई पनि महाधिवेशनको रौनक लागेको हो ।
यस पटक ललितपुर कांग्रेसको सभापतिमा युवा नेता मीनकृष्ण महर्जनको दाबी रहनेछ । नेपाली कांग्रेस खेलकुद विभागका सचिव समेत रहेका महर्जनले सभापतिमा उम्मेदवारी दिने गरेर आफू निकटका नेताहरूसँग परामर्श गर्न थालेको एक नेताले बताए ।
‘ललितपुर कांग्रेसको सभापतिमा मीनकृष्ण महर्जन उपयुक्त व्यक्ति हो’, कांग्रेस नेता ध्रुब खनालले भने, ‘सभापतिमा धेरै नेताको अपेक्षा हुन सक्छ । हामी युवाहरूका लागि मीनकृष्ण महर्जन नै उपयुक्त व्यक्ति हो ।’
खेलकुद ब्याकग्राउड भएका महर्जन कम्युनिस्टका कट्टर आलोचक हुन् । ‘कांग्रेसका कार्यकर्तालाई समस्या पर्दा पहिलो पंक्तिमा उभिएर मीनकृष्णज्यूले संरक्षण गर्नुहुन्छ’, खनालले भने, ‘उहाँको यो खुबीलाई ललितपुर कांग्रेसका कार्यकर्ताले मन पराउँछन् ।’
ललितपुर कांग्रेसको सभापतिका आकांक्षीमा रामकृष्ण चित्रकार, मथुराप्रसाद घिमिरे, जितेन्द्रकुमार श्रेष्ठ, प्रकाशनम्दन जोशी, प्रेमकृष्ण महर्जन रहेका छन् ।
महर्जन सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वअर्थ राज्यमन्त्री तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष उदयशम्शेर राणाको बलियो समर्थन रहेको ललितपुर कांग्रेसका नेताहरूको भनाइ छ ।
मथुराप्रसाद घिमिरेलाई महामन्त्री शशांक कोइरालाको बलियो समर्थन छ । रामकृष्ण चित्रकारलाई उप–सभापति विमलेन्द्र निधीको साथ रहेको छ ।
जितेन्द्रकुमार श्रेष्ठलाई प्रकाशमान सिंहको साथ रहेको छ । प्रेमकृष्ण महर्जनलाई शेखर कोइरालाको समर्थन रहेको छ । प्रकाशनन्दन जोशीलाई जिल्ला सभापति मदनबहादुर अमात्यको साथ रहेको छ ।
ललितपुर जिल्लामा सभापति शेरबहादुर देउवाको टिम बलियो मानिन्छ । स्मरण रहोस् १३औँ महाअधिवेशनले प्रमानित भई सकेको छ ।
कांग्रेसको १४औँ महाअधिवेशन आफ्नो पक्षमा भोट बटुल्नको निमित्त केन्द्रीय नेताहरूले ललितपुर जिल्लामा आ–आफ्नो जिल्ला सभापति खडा गर्ने तयारी गरि रहेका छन् ।
केन्द्रीय नेताहरूको चाहना अनुसार नहुने प्राय निश्चित छ । उपसभापति विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाको टिम निकै कमजोर मानिन्छ ।
युवानेता महर्जन ललितपुरका युवाहरूबीच निकै लोकप्रिय मानिन्छ । ललितपुरमा अधिकांश युवाहरू प्रतिनिधि आउने भएको कारण पनि मीनकृष्ण युवाहरूबीच लोकप्रिय भएकै कारण महर्जन बलियो उम्मेदवार मानिन्छ ।
जितेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण चित्रकार पनि कमजोर उम्मेदवार हुन् ।
क्षेत्र नम्बर १ सभापतिको लागि प्रभाकर पोखरेल सुन्दरमान थिङ, ईन्द्र तामाङ क्षेत्र नम्बर २ मा महेश खड्का, महेन्द्रदेव सिंह, दीवाकर सिलवाल, क्षेत्र नम्बर ३ मा जितेन्द्र महर्जन, महेश्वर थापा र केदार गोर्खाली आकांक्षी देखिएका छन् ।
ललितपुरमा कुल १३३९ क्षेत्रीय प्रतिनिधि चएन भएर आउनेछन् । तीमध्य क्षेत्र नम्बर १ मा ५५६ क्षेत्र नम्वर २ मा ३२५ र क्षेत्र नम्बर ३ मा ४५८ क्षेत्रीय प्रतिनिधि छन् ।











प्रतिक्रिया