शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

भारतीय वायु सेनाको स्टेशनमा ड्रोनबाट आक्रमण

दैनिक नेपाल २०७८ असार १४ गते १०:१४

नयाँदिल्ली, १४ असार । भारत प्रशासित जम्मु–कश्मीरमा भारतीय वायु सेनाको स्टेशनका रूपमा रहेको विमानस्थलमा आइतबार भएको आक्रमणमा ड्रोनको प्रयोग भएको देखिएको छ ।

भारतीय पत्रिका द इन्डियन एक्स्प्रेसले स्रोतको हवाला दिँदै दुइटा ड्रोनले दुई किलोग्राम तौलका बिस्फोटक पदार्थ विमानस्थल क्षेत्रमा खसालेको जनाएको छ ।

आइतबार बिहान दुई नबज्दै विमानस्थलमा दुई बिस्फोट भएका थिए। बिस्फोटमा ठूलो मानवीय र भौतिक क्षति नभए पनि पहिलो पटक भारतीय सैनिक पूर्वाधारमा ड्रोनको प्रयोग गरी आक्रमण भएकाले यसको गम्भीर अनुसन्धान भइरहेको उक्त पत्रिकाले उल्लेख गरेको छ ।

भारतीय सुरक्षा अधिकारीहरूले ती ड्रोन पाकिस्तानबाट आएका थिए वा स्थानीय विद्रोही समूहले परिचालन गरेको थियो भन्ने एकिन भइनसकेको बताएका छन् ।

विमानस्थल पाकिस्तानी सीमाबाट १४ किलोमिटरको दूरीमा रहेकाले पाकिस्तानले नै ती ड्रोन पठाएको हुन सक्ने सम्भावना पनि रहेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित