काठमाडौं, १३ असार । अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ’टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको प्रवर्द्धनका लागि सम्झौता गरेको छ ।
बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा आयोजित ओलम्पिक डे २०२१ को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)को विश्वव्यापी पार्टनर हो ।
यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिंदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ ।















प्रतिक्रिया