आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

कोलम्बियामा राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

दैनिक नेपाल २०७८ असार १३ गते ८:४५

कोलम्बिया, १३ असार । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा राष्ट्रपतिसहित अन्य उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गोली हानिएको छ ।

राष्ट्रपति आइभन डुकले विज्ञप्ति जारी गर्दै भेनेजुयलाको सीमानजिकैको क्याटाटुम्बो क्षेत्रमा आफू चढेको हेलिकप्टरमा गोली हानिएको जनाएका छन् ।

उनका अनुसार हेलिकप्टरमा रहेका रक्षा मन्त्री डियगो मोलानो, गृह मन्त्री ड्यानियल पालासियससहित सबै अधिकारीहरू सुरक्षित छन् ।

कुनै देशको राष्ट्रपति चढेको हेलिकप्टरमाथि आक्रमण हुनु बिरलै हुने घटनामध्ये हो । डुकले आक्रमण कहिले र कुन समयमा भएको हो भन्ने नखुलाएको समाचार संस्था एपीले जनाएको छ ।

‘म देशलाई जानकारी दिन चाहन्छु क्याटाटुम्बोमा प्रतिवद्धता पूरा गरेर कुकुता सहर पुग्नै लाग्दा राष्ट्रपतिको हेलिकप्टरमा आक्रमण भएको थियो’, राष्ट्रपति डुकको विज्ञप्तिमा भनिएको छ ।

हेलिकप्टरको क्षमताले ठूलो दुर्घटना हुनबाट बचाएको उनको दाबी छ । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको एउटा भिडिओमा हेलिकप्टरमा गोलीका दागहरू देखिन्छन् ।

राष्ट्रपतिको हेलिकप्टरमाथि आक्रमण भएको भनिएको क्षेत्रमा धेरै हतियारधारी समूहहरू सक्रिय छन् ।

राष्ट्रपति डुकले उक्त आक्रमणलाई कारयताको संज्ञा दिँदै लागुऔषध ओसारपसार, आतंकवाद र संगठित अपराधविरूद्धको आफ्नो लडाइँ नरोकिने बताएका छन् ।

‘यसको सन्देश के हो भने अपराधको सामना गर्न कोलोम्बिया सधैँ बलियो छ र हाम्रा संस्थाहरू कुनै पनि धम्कीभन्दा माथि छन्’, उनले भनेका छन् ।

यसअघि पनि कुकुता सहरमा एउटा सैनिक बेसमा कार बम आक्रमण भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित