काठमाडौं, १२ असार । विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको रियलमीले नेपाली बजारमा रियलमी बड्स एयर २ र रियलमी बड्स एयर २ नियो गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्धताको घोषणा गरेको छ ।
बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।
उद्योगको शीर्षस्तर अन्तर्गत अडियो गुणस्तर प्रदान गर्न यी बड्सहरू विश्वको टप १०० डिजे, सांगितिक समुह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रिया बमोजिम डाएमण्ड आकारमा उच्च गुणस्तरको कार्वन बनावट रहेको छ ।
यी दुई नयाँ उच्च गुणस्तरका टीडब्लुएस बड्स एनएनसी प्रविधिमा आधारित छन् साथै २५ डिबीको ध्वनी ह्रास गर्ने तथा कम फ्रिक्वेन्सीका आवज हो – हल्लालाई प्रभावकारी रुपमा कम गर्न सक्छ । यी नयाँ संस्करणमा ब्याट्रीको क्षमता, उच्चतम अडियो, डिजाइन आकर्षकतामा पनि सुधार गरिएको छ ।















प्रतिक्रिया