शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

अमेरिकामा पूर्व प्रहरी डेरेक चोभनलाई २२ वर्षको जेल सजाय

दैनिक नेपाल २०७८ असार १२ गते ९:३५

न्युयोर्क, १२ असार । अमेरिकामा पक्राउ पर्ने क्रममा ज्यान गुमाएका जर्ज फ्लोइडको हत्यामा दोषी ठहर गर्दै पूर्व प्रहरी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ ।

गएको वर्ष मिनेशोटा राज्यको मिनियापोलसमा भएको घटनाको बारेमा १४ दिनको सुनुवाइमा ४५ जना साक्षीको बयान तथा पक्ष विपक्षका वकिलको बहसपछि पूर्व प्रहरी डेरेक चोभनलाई दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

चोभनलाई हिंसात्मक आपराधिक रुपमा दर्ता गरेर जीवनकाल भर बन्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ ।

अश्वेत अमेरिकी जर्ज फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीले ९ मिनेटसम्म घाँटी थिच्दा उनको ज्यान गएको थियो । फ्लोइडको ज्यान गएपछि अमेरिकासहित विश्वका विभिन्न दशेमा रङ्गभेदविरोधी प्रदर्शन भएको थियो ।

फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् । राष्ट्रपति जो बाइडेनले सजाय पर्याप्त देखिएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित