काठमाडौं, ११ असार । नेपाली कांग्रेस डडेल्धुराका सभापति सभापति कर्ण मल्लले उप–सभापति विमलेन्द्र निधीसँग भेटवार्ता गरेका छन् ।
काठमाडौंमा शुक्रबार मल्लले निधीसँग भेट गरेको उच्च स्रोतले जनाएको छ । मल्लले शुक्रबार कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिमा बयान दिएका थिए । बयान दिएर मल्ल सिधै निधीलाई भेट्न गएको एक नेताले बताएका छन् ।
मल्ल कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाका जिल्ला सभापति हुन् । मल्ल प्रदेश सांसद पनि छन् । देउवालाई डडेल्धुरामा असहयोग गरेर उथलपुथल ल्याइदिएका बेला मल्ल र निधीबीच भएको भेटवार्तालाई कांग्रेस नेताहरूले रहस्यका साथ हेरेका छन् ।
डडेल्धुरा जिल्लको क्रियाशील सदस्यताको विवाद छ । विवाद हुँदा डडेल्धुराले सदस्यता पाउन सकेको छैन । मल्लले निधीलाई भेटेर क्रियाशील सदस्यताको विवाद छिटो मिलाइदिन आग्रह गरेको स्रोतको भनाइ छ ।
निधीले १४औँ महाधिवेशनमा सभापति पदमा देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका बेला कांग्रेसमा नयाँ नयाँ समीकरण र चर्चाहरू भएका छन् ।











प्रतिक्रिया