४ मंसिर २०८३, शुक्रबार

बर्दियामा भारतीय महिलाद्वारा आत्महत्या प्रयास

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ११ असार । बर्दिया जिल्लामा नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने भारतीय महिलाको प्रहरीले उद्धार गरेको छ ।

बिहीबार साढे ४ बजे गुलरिया नगरपालिका–८ स्थित भादा नदीमा महिलाले हामफालेकी थिइन् ।

उद्दारका लागि खटिएको प्रहरी नायव निरीक्षक मणिराज भट्टको कमाण्डको टोलीले महिलालाई सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकी महिला भारतीय रहेको अनुसन्धानबाट खुलेको छ । बहराईच थाना मोतीपुर ग्राम बलैगाउँ बस्ने वर्ष ४० की जलदैया थारु भएको प्रहरीले जनाएको छ ।

भारतको जिल्ला बहराईच थाना मोतीपुर ग्राम पञ्चायतको गाउँ प्रधानसंग समन्वय गरी महिलाका श्रीमान मिश्रिराम थारुको जिम्मा लगाइएको छ ।