४ मंसिर २०८३, शुक्रबार

नेपालमा उत्पात मच्चाउन हतियारसहित छिरेको भारतीय अपराधीको ग्याङ पक्राउ, सशस्त्रलाई सफलता

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ११ असार । मेडईन ईटाली लेखिएको एउटा अटो पेस्तोलसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका– ४ शेखटोलस्थित सीमा ईलाकाबाट बिहीबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको सितामडी जिल्ला मौहवा ग्रामपंचायत ११ घर बताउने ४५ वर्षीय संजयकुमार भारती र भारतकै पुरनदाहा रजवरा पश्चिमी ग्रामपंचायत ५ बस्ने ४० वर्षीय उमाशंकर महतो छन् ।

भारतबाट बीआर ३० एन २०३४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उक्त पेस्तोल तथा सोको म्याग्जीन २ वटा, गोली २ वटा, मोवाईल २ थान र १२ हजार ३ सय ९६ भारतीय रुपियाँ फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र प्रहरीले त्यसवेला उनीहरूले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।