बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

यी चार मन्त्रीलाई दिइयो थप जिम्मेवारी (विज्ञप्तिसहित)

दैनिक नेपाल २०७८ असार १० गते १७:२८

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेका मन्त्रालयमा रहेका ४ जना मन्त्रीहरुले हेर्नेगरी जिम्मेवारी तोकेकी छिन् ।

जसअनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय सम्हाल्ने भएका छन् ।

त्यस्तै, कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यता बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छने भने लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । अन्य रिक्त मन्त्रालय भने प्रधानमन्त्री आफैले सम्हाल्नेछन् ।

राष्ट्रपति कार्यालयले अर्को व्यवस्था नभएसम्मका लागि यसरी जिम्मेवारी तोकेको हो ।

प्रतिक्रिया
सम्बन्धित