शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रहरीलाई पैसा दिन खोजेपछि …

दैनिक नेपाल २०७८ असार १० गते १३:४५

सांकेतिक तस्वीर

सिन्धुली, १० असार । सुनकोशी गाउँपालिका–१ दुम्जास्थित बिपि राजमार्गस्थित प्रहरी चेकपोष्टमा चेकजाँचको लागि खटिएको प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गौरबाट काभ्रे बनेपातर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ००६६ नम्बरको बसका चालक धादिङ सिद्धलेख गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीम बहादुर सिलवाल र सहचालक पर्सा परवानिपुर गाउँपालिका–१ बस्ने ४२ वर्षीय जमिल अख्तर मनसुरी रहेका छन् ।

अनुमति बिना बस चलाएको पाइएपछि सह–चालक जमिलले बस छाडिदिनु प¥यो भनि उक्त नगद दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उक्त बसमा सबार २९ जना ब्यक्तिहरुलाई गन्तब्यसम्म पुर्याउन आवस्यक व्यबस्था गरी पठाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित