बेलौरी, १०असार । कञ्चनपुर जिल्लाको बेलौरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका –५ रामनगरकी २५ वर्षीया प्रमीला बोहराको सर्पको टोकाइबाट मृत्यु भएको बताइएको छ ।
बुधबार नजिकैको सामुदायिक वनमा गएका बेला सर्पले डसेपछि उनलाई उपचारका लागि बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।
उनको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।











प्रतिक्रिया