८ कार्तिक २०८३, आइतबार

सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपियाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो ।

मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय २७ रुपियाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपियाँ र आन्तरिक हवाई इन्धन ८२ रुपियाँ प्रतिलिटर पुगेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।