८ कार्तिक २०८३, आइतबार

महालक्ष्मी विकास बैंकको महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बिचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले, महालक्ष्मी विकास बैंक लि. ले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्ड कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी (कल ब्याक) जानकारी उपलब्ध गराउने छन् ।

यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग विधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।