शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेप्सेमा ५१.६५ अंकको गिरावट, ८ अर्बको मात्रै कारोबार

दैनिक नेपाल २०७८ असार ९ गते १७:५२

काठमाडौँ, ९ असार । नेप्से परिसूचकमा पुनः ५१.६५ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार वुधबार नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा झरेको हो ।

नेप्सेका अनुसार आज कुल २१८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ९१ हजार ७५ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँको मात्र कारोबार भएको छ ।

वुधबार नेप्सेमा करिब सबै समूहरुको नकारात्मक परिवर्तन आएको छ ।

प्रतिक्रिया
सम्बन्धित