बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

शपथ लिएकै दिन उत्पात मच्चाएका महतो सबैभन्दा धेरै तनाबमा, रातभरि के–के गरे ?

दैनिक नेपाल २०७८ असार ९ गते १०:३३

काठमाडौं, ९ असार । सर्वोच्च अदालतले जेठ २१ र २९ गतेमा भएको मन्त्रिपरिषद विस्तारको निर्णय बदर गरेपछि सबैभन्दा ठूलो तनाब जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई भएको छ ।

महन्थ ठाकुर नेतृत्वको जसपाबाट नेतृत्वको गरेर मन्त्रिपरिषदमा उप–प्रधान र शहरी विकास मन्त्री बनेका महतोलाई मंगलबारको सर्वोच्च अदालतको आदेशले ठूलो झड्का लागेका हो । महतोले सर्वोच्चको आदेशलाई अस्वभाविक भएको भन्दै चिन्ता जनाएका छन् । उनले आफू निकटका नेताहरूलाई निवासमै भेला गरेर सर्वोच्च अदालतले ठूलो धाका दिएको गुनासो गरेका हुन् ।

सरकारमा सहभागी हुन हतार गरेका महतोले पार्टी एकतालाई भन्दा पनि मन्त्री बन्ने कुरालाई महत्व दिएका थिए । महतोले मन्त्री बन्न कीर्ते गरेर संसदीय दलको नेता पद समेत हत्याएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोले मधेशका मुद्दा छाडेर मन्त्री बन्न सबै कीर्ते काण्ड गरेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतले मंगलबार आदेश जारी गर्दै २० जना मन्त्रीहरू राखेर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरिदिएको थियो ।

प्रधानमन्त्री ओलीले पनि सर्वोच्चको आदेशलाई अस्वभाविक भन्दै चिन्ता जनाएका छन् । अन्य मन्त्रीहरूले पनि मन्त्री पद फुत्किएकोमा धेरै चिन्ता लिएका छैनन् । तर, महतोले मंगलबार रातभरि सर्वोच्चको आदेशबारे के गर्न सकिन्छ भनेर आफू निकटका नेता र कानून व्यवसायीहरूसँग परामर्श गरेको स्रोतले जनाएको छ ।

महतोकै उक्साहटका कारण ठाकुर एकपछि अर्को विवाद र तनाबमा फस्दै आएका छन् । विगतमा पनि विवादित हर्कत गरेकै कारण महतोको आलोचना हुने गरेको छ ।

कुनै बेला एउट पार्टीमा रहेका महतो र हृदयश त्रिपाठी अहिले विपरित ध्रुबमा छन् । महतोलाई ओलीले उप–प्रधानमन्त्री बनाएपछि त्रिपाठीले आफूभन्दा जुनियर नेतालाई उप–प्रधानमन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरिदिएका थिए ।

महतोको उप–प्रधान र मन्त्री पद फुत्किएपछि तराईका केही जिल्लाहरूमा उपेन्द्र यादव समूहले दीपावली गरेर खुसीयाली मनाएका छन् ।

उप–प्रधान एवम् शहरी विकासमन्त्री पदको शपथ लिएकै दिन सिंहदरबारमा आफ्नै कार्यकक्षमा विवादित अभिव्यक्ति दिएका कारण महतोको आलोचना भएको थियो । चौतर्फी आलोचना भएर मन्त्री पद फुत्किने अवस्थामा पुगेपछि महतोले माफी मागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित