शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय

दैनिक नेपाल २०७८ असार ८ गते २१:०६

काठमाडौँ, ८ असार । सरकारले हवाई उडान खोल्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले कोटा तोकेर उडान सञ्चालन गर्न भएको हो ।

आन्तरिक हवाई उडानमा ५० प्रतिशत यात्रु राखेर सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

वुधबारसम्ममा मन्त्रालयले तालिका तयार गर्नेछ । त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय उडान पनि थप्ने निर्णय गरेको छ ।

अब काठमाडौँ–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरि खुलेको हो ।

प्रतिक्रिया
सम्बन्धित