८ कार्तिक २०८३, आइतबार

शेयर बजारमा उछाल, एकै दिन ७९.४४ अंकको वृद्धि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ७९.४४ अंकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको छ ।

नियमित घटिरहेको नेप्से परिसूचकमा मंगलबार उल्लेख्य वृद्धि भएको हो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १६.०१ अंकले बढेर ५३६.१५ विन्दुमा पुगेको छ ।

करिब सबै जसो कम्पनीको धनात्मक परिवर्त देखिएको छ ।

त्यस्तै, आज २२५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १ लाख १२ हजार ५० पटक किनबेच हुँदा कुल १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।