शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

देश र संविधानलाई दुर्घटनाबाट बचाउँछुः दाहाल

दैनिक नेपाल २०७८ असार ८ गते १०:२८

भतपुर, ८ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन आफू हरसम्भव लागिपरेको बताएका छन् ।

माओवदी केन्द्र भरतपुर– ७ को आयोजनामा पूर्व उप–सभामुख पूर्णकुमारी सुवेदीका पिता स्वर्गीय पण्डित हरिप्रसाद पौडेलको सातौँ दिनको श्रद्धान्जलि सभामा सम्वोधन गर्दै दाहालले मंगलबार देश र संविधानलाई आफूले बचाउने बताए ।

देशमा सोच्दै नसोचेको किसिमले राजनीतिक घटनाक्रम भएको भन्दै उनले धेरै वर्षको त्याग बलिदानबाट आएको संविधान झण्डै धारासायी हुने होकी भन्ने खतरामा रहेको बताए । उनले देशै के हुने हो भन्ने जस्तो स्थिती आएको बताए ।

यस्तो अवस्था आउनु नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको तर नेपाली जनता सचेत रहेका कारण देश र संविधानलाई दुर्घटना हुनै नदिने प्रचण्डको भनाई छ ।

उनले भने, ‘तपाईहरू सबै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिदैनौँ । धेरै नपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जाँनै दिँइदैन । गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियतामाथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।’

देशमा स्थिरता आवश्य ठानेर आफू नै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न वाम गठवन्धनको र पार्टी एकताको पनि पहिलो प्रस्तावक भएपनि पाँच वर्ष नपुग्दै झण्डै दुईतिहाई नजिकको कम्युनिष्ट छिन्नभिन्न हुनुले दुखिद बनाएको प्रचण्डले बताए ।

आफू सदैव देश र जनताको एकताको पक्षमा र राष्ट्रको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर हिँडीरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित