बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

पोर्न भिडियो बनाएकी नायिका वशिष्ठा रिहा

दैनिक नेपाल २०७८ असार ८ गते १०:१९

मुम्बई । पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी नायिका एवम् मोडल गहना वशिष्ठ रिहा भएकी छिन् ।

६ फेब्रुअरीमा गिरफ्तार भएकी गहना अहिले रिहा भएकी हुन् । उनलाई दिन्डोशी सेशन कोर्टले जमानत दिएको हो ।

कोरोना र लकडाउनले कोर्ट बन्द भएको कारण उनको जमानतमा ढिला भएको हो । उनी शुक्रबार रिहा भएको बताइएको छ ।

गहना स्ट्रगल अभिनेत्रीलाई कामको लोभ देखाएर पोर्न भिडियो छायाँकन गर्ने गर्दिनथिन् । उनी त्यसरी काम गर्दा एक फिल्मको १५ देखि २० हजार दिने गर्छिन् ।

पुलिस अधिकारीका अनुसार गहनालाई ६ फेब्रअरीमा गिरफ्तार गरेर ७ फेब्रअरीमा अदालतमा पेस गरिएको थियो । वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ ।

त्यो हेर्न उनको च्यानलको सदस्यता पनि लिनुपर्छ । त्यसका लागि दुई हजार रुपियाँ चार्ज राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित