२ कार्तिक २०८३, सोमबार

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनासँग पाराग्वे पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ८ असार । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेलाई हराएको छ ।

ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । उसका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे ।

खेलको धेरैजसो समय बल नियन्त्रणमा लिए पनि पाराग्वेले गोल गर्न सकेन ।

पाराग्वेले अर्जेन्टिनाको पोष्टमा नौ वटा प्रहार गरे पनि गोल हुन सकेन् । जितसँगै अर्जेन्टिना सात अङ्कसहित समूहको शीर्ष स्थानमा पुगेको छ । पाराग्वे भने तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।