शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

दैनिक नेपाल २०७८ असार ७ गते १३:४६

काठमाडौँ, ७ असार । नेपाली बजारमा सोमबार सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वृद्धिसँगै आज सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ पुगेको हो ।

त्यस्तै, महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ८९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढिरहँदा यता सोमबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित