शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

दैनिक नेपाल २०७८ असार ७ गते १३:२३

काठमाडौँ, ७ असार । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ उत्परिवर्तन (म्युटेसन) के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ ।

मन्त्रालयका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप नयाँ भेरियन्ट भेटिएको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको जनाए ।

यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित