सङ्खुवासभा, ७ असार । सङ्खुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु भएको छ ।
सेफ्टी ट्याङ्कीको ढलान खोल्ने क्रममा ट्याङ्की भित्र छिरेका खाँदबारी–४ सेकाहाका ईश्वर राई र तारावीर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक कविन राईले बताए ।
नरेश गुरुङको घरमा बनाइएको सेफ्टी ट्याङ्कीभित्रको ढलान खोल्न भनेर सुरुमा ईश्वर राई ट्याङ्कीभित्र पसेका थिए ।
उनी बेहोस भएपछि तारावीर ट्याङ्कीभित्र पसेका थिए । आइतबार बेलुका ५ बजे दुवै जना सेफ्टी ट्याङ्कीमा बेहोस भएपछि उद्धार गरेर उनीहरूलाई जिल्ला अस्पताल सङ्खुवासभामा लगिएको थियो ।











प्रतिक्रिया