मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कीर्ते काण्डमा महन्थ–राजेन्द्र फस्ने सम्भावना, आफ्नै कार्यकर्ताले हाल्ने भए मुद्दा

दैनिक नेपाल २०७८ असार ६ गते १७:२१

काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट कानून व्यवसायीले महन्थ ठाकुर–राजेन्द्र महतो समूह विरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकट कानून व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् ।

भट्टराई–यादव समूहको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दीपक राईलगायतका अधिवक्ताहरूले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका छन् ।

‘अर्को प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुप्रयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ’, अधिवक्ता राईले भने, ‘कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउँछौ ।’

जसपाको भट्टराई–यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित