बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पुरातत्व विभागको मापदण्डमा राम मन्दिर बन्ने, मन्त्री अरगरियाद्वारा शिलान्यास

दैनिक नेपाल २०७८ असार ६ गते १५:५७

काठमाडौं, ६ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका छन् ।

कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया आइतबार बिहान कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकालका साथमा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका छन् ।

मन्त्री अरगरियाले पशुपति परिसरभित्रै रहेको राम मन्दिरको धार्मिक विधिअनुसार शिलान्याश गरेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम शुरु भएको छ ।

७ करोड लगानीमा आगामी साढे दुई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण शुरु भएको छ ।

शिलन्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए ।

उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिएका छन् ।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए ।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो ।

शिलान्याश कार्यक्रममा सदस्य सचिव ढकालले मन्दिर निर्माणको काम समयमै सकिने बताएका छन् ।

कार्यक्रममा जसपाका युवा नेता मनीष मिश्रा, कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित