९ कार्तिक २०८३, सोमबार

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिन्धुली, ६ असार । गोलन्जोर गाउँपालिका–७ खुर्कोट बजारस्थित चेकपोष्टमा ड्युटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरी, बर्दिबास नगरपालिका–१० बस्ने २० वर्षीय अभिषेक परियारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.४ ख ४३०९ नम्बरको हाईस गाडीलाई प्रहरीले काठमाडौँ जाने अनुमतिपत्र माग्दा गाडीका सहचालक परियारले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।