बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

‘पृथ्वीराज’का कारण पञ्जावमा अक्षयकुमारको पुत्ला जल्यो

दैनिक नेपाल २०७८ असार ६ गते १०:४९

मुम्बई । बलिउड नायक अक्षयकुमार अभिनित फिल्म ‘पृथ्वीराज’ रिलिज पहिले नै चर्चामा रहन सफल भएको छ । फिल्मको टाइटल विवाद समेत बढ्दो छ । हालै फिल्मको टाइटलको विरोधमा पञ्जावको चन्डीगढमा अक्षय कुमारको पुत्ला जलाइएको छ ।

अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको टाइटल परिवर्तन गर्न माग गरेका छन् । यो संगठनले करणी सेनाले भने जस्तै राजाको पूरा नाम ‘सम्राट पृथवीराज चौहान’ टाइटलमा राख्न माग गरेको छ ।

एक महिना पहिले करणी सेनाले फिल्मको टाइटल परिवर्तन गरेर राजाको पुरै नाम राख्न भनेको थियो । करणी सेनाले भनेको थियो ‘फिल्म महान राजपुत राजामा आधारित रहेको छ । शीर्षकले यो तथ्यलाई दर्शाउँदै । सिर्फ पृथ्वीराज राख्नु अन्तिम हिन्दु शासकको अपमान हो ।’ करणी सेनाले फिल्म रिलिज अगाडि आफूहरूलाई देखाउन समेत भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित